महिला सहयात्रा लघुवित्तको खुद नाफामा झण्डै २५ प्रतिशतले सुधार आउँदा नागवेलीको घट्यो

Aug 14, 2018 Merolagani

आर्थिक बर्ष २०७४/७५ मा महिला सहयात्रा माईक्रोफाइनान्सको खुद नाफा २४.९८ प्रतिशतले वृद्धि गरेकाे वित्तीय विवरण प्रकाशित गर्दा नागवेली लघुवित्तले अाफ्नाे खुद नाफा २३.४२ प्रतिशतले ह्रास आएको विवरण सार्वजनिक गरेकाे छ ।

गत बर्ष आर्थिक बर्षमा महिला सहयात्रा माईक्रोफाइनान्स (MSMBS) ले एक करोड १३ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीले ९१ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माईक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेको छ । कम्पनीले एक करोड ५१ लाखको जगेडा कोष दुई करोड ८ लाख रुपैयाँमा बढाएको छ ।

यस असारमसान्त सम्ममा माइक्रोफाइनान्सले १५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन तथा ५५ करोड २१ लाख पाटी लिएर ८० करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा कम्पनीले २०.८६ प्रतिशतले बढी पाँच करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

माईक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.३४ प्रतिशत, मुल्य आम्दानी अनुपात ७५.४८ गुणा र प्रति सेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।

यसैगरि नागवेली लघुवित्त (NBBL) खुद नाफा २३.४२ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको खुद नाफा दुई करोड ५८ लाखमा खुम्चिएको छ । अघिल्लो बर्ष लघुवित्तले तीन करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सात करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रति सेयर आम्दानी ३३ रुपैयाँ ६९ पैसा रहेको छ ।कम्पनीले जगेडा कोषमा नौ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ । जगेडा एक करोड ६२ लाखले बढेको छ ।

असार मसान्तसम्म कम्पनीले २४ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन र ४५ करोड ७९ लाख सापटीबाट ७० करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट ६ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष कम्पनीले सात करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निष्कृय कर्जा अनुपात १.९७ बाट २.३७ प्रतिशतमा बढेको लघुवित्तको मुल्य आम्दानी अनुपात ३७.९९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८६ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।