मितेरीको बोनस घट्यो, चुक्ता पूँजी साढे ५८ करोड पुग्ने

Sep 20, 2018 Merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले अघिल्लो आर्थिक बर्षको तुलनामा गतबर्षको लाभांश घटाएर प्रस्ताव गरेको छ । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले १७ प्रतिशत बोनस शेयर कर बापतको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो बर्ष कम्पनीले ३१.४८ प्रतिशत बोनस तथा १.६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष कम नाफा गरेपछि कम्पनीको लाभांश समेत घटेको हो ।

गत बर्ष ११ करोड २९ लाख खुद नाफा गरेको कम्पनीले ८ करोड पचास लाख बराबरको बोनस बाँड्ने भएको हो । बैंकले करकाे लागि ०.८९४७ प्रतिशत अर्थात ४४ लाख ७३ हजार ६८४ रूपैयाँ प्रस्ताव गरेकाे छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ छ । बोनसपछि उसको चुक्ता पूँजी ५८ करोड ५० लाख पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।