अघिल्लो बर्ष ८.६१% बोनस बाँडेको कम्पनीले यस बर्ष १% मात्रै

Sep 25, 2018 Merolagani



नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष ८.६१ प्रतिशत बोनश वितरण गरेको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट एक प्रतिशत मात्रै बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

असोज ८ गते बसेको बैंक सञ्चालक समितिको १६५ औं बैठकले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित शेयर प्रिमियमबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ६.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

बैंकले नगद तथा बोनस गरी कूल ७.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पूँजी ५२ करोड ६३ लाखको एक प्रतिशत अर्थात ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । त्यस्तै ३ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएर साधारण सभाले पारित गरेपछि प्राप्त गर्नेछ । बोनसपछि बैंकको चुक्ता पूँजी ५३ करोड ८० लाख पुग्नेछ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।