वाणिज्य बैंकहरुको लाभांश कुर्दै लगानीकर्ता, कारोबारी हाबी हुँदा खस्कियो बजार

Sep 27, 2018 Merolagani

यो साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम पनि घटेको छ । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने आशामा लगानीकर्ताले शेयर होल्ड गरेपनि अल्पकालीन कारोबारी नाफा सुरक्षित गर्न सक्रिय हुँदा सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

बिहीबार नेप्से १०.५६ अंकले घटेर १२६७.१८ अंकमा झरेको छ । होटल र उत्पानमूलक समूह बोहक अन्य सबै समूहको सूचकमा गिरावट आएपछि नेप्से दोहोरो अंकले घटेको हो ।

यसदिन १६९ कम्पनीको ५७ करोड ३८ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ३४ करोड कम हो ।

वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने आशमा बजारमा लगानी बढाएका लगानीकर्ताले शेयर होल्ड गर्दा कारोबार बढ्न नसकेपनि अल्पकालीन कारोबारी नाफा सुरक्षित गर्न सक्रिय हुँदा बिक्री चाप पर्दा बजार ओरालो लाग्न पुगेको हो ।

 

 

बजारको उतार-चढाबमा शेयरबजारका लगानीकर्ता र कारोबारी दुबै नजर वाणिज्य बैंकहरुमा नै देखिन्छ । जसले गर्दा यो समूहको कारोबार उच्च हुँदै आएको छ ।

बिहीबार कारोबारमा आएका दश समूहमध्ये बैंंकिङ्ग समूहको कुल कारोबारको ५२ प्रतिशत अर्थात ३० करोड ३३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । तर बैंंकिङ्ग समूहको सूचक १२.५७ अंकले घटेको हो । सबैभन्दा धेरै र्निजीवन बीमा समूहको सूचक ६७.०२ अंकले ओरालो लागेको छ । जीवन बीमा २९.७, हाइड्रोपावर २१.६४, वित्त ९.४६, विकास बैंक, ३.८५, अन्य २.५७ र फाइनान्स समूहको सूचक ०.९६ अंकले ऋणात्मक भएको हो ।

 

बिहिबारको कारोबारमा सबैभन्दा धेरै प्रभु बैंक र सूर्या लाइफ इन्स्योरेन्सको शेयर ४ करोडभन्दा धेरै रुपैयाँको खरिद बिक्री भएको छ । यता नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कित्ता शेयर खरिद बिक्री भएको छ । हाइड्राेकाे २ लाख ४१ हजार ४१६ कित्ता शेयर काराेबार भयाे ।

आजको शेयर बजारमा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पावर पार्टर र अरुण काबेलीको शेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।