पूँजी बजारको विकासको लागि हरेक जिल्लाबाट शेयर कारोबारको सुविधा आवश्यक

Oct 02, 2018 Merolagani

नेपालको पूँजी बजारको विस्तार र विकासका लागि हरेक जिल्लाबाट शेयर कारोबारको सुविधा आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाइरहेको बेला देशकाे जुनसुकै स्थानबाट शेयर खरिद बिक्रीको वातावरण बनाउनुपर्ने आवाज उठेको हो ।

नेपाल पूँजी बजार संघका अध्यक्ष नवराज सुवेदी पूँजी बजारको विकास गर्न ग्रामिण क्षेत्रका नागरिकलाई पूँजी बजार सम्बन्धी सूचना फैलाउन आवश्यक ठान्छन्। 

सुबेदीले भने :- "नेपालको सबै स्थानबाट शेयर खरिद बिक्री गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिएर शेयर कारोबारको वातावरण बनाउनुपर्छ । शहर केन्द्रित लगानीकर्ता सप्ताहले ग्रामिण क्षेत्रमा पूँजी बजार सम्बन्धी सचेतना असम्भव छैन ।"

यता नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारी बोर्डले पूँजी बजारलाई मुलुकभरी पुर्याउन मोफसलमा विभिन्न कर्याक्रमहरुको आयेजना गर्नु राम्रो भएपनि बोर्डको काम कार्यक्रम गरेर फर्कने मात्र हुने गरेका कारण प्रभावकारी बन्न नसकेकाे बताउँछिन् ।

लगानीकर्ता सचेतना कार्यक्रमसँगै लगानीकर्ताले आफू रहेको स्थानबाटै शेयर कारोबारमा संलग्न हुने वातावरणको व्यवस्था नभएसम्म पूँजी बजारलाई देशव्यापी बनाउन गाह्रो हुने तिवारीको ठम्याई छ ।

कारोबारको ठूलो हिस्सा काठमाडौंमा सीमित रहेको पूँजी बजारलाई सातै प्रदेशमा फैलाउन उद्देश्यका साथ धितोपत्र बोर्डले पहिलो पटक नेपालको प्रमूख औधोगिक क्षेत्र विराटनगरबाट असोज १९ र २० गते प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।

सबै नेपालीलाई पूँजी बजारमा संलग्न गराउन बोर्डले एक नेपाली एक डिम्याट खाता अभियान सुरुवात गर्ने बताएको छ । हरेक तीन-तीन महिनामा लगानीकर्ताहरुसँग अन्तक्रियात्मक कार्यक्रमको सुरुवात गर्ने पनि बोर्डले जनाएकाे छ ।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका नव निर्वाचित अध्यक्ष भरत रानाभाटले काठमाडौं भन्दा बाहिर विराटनगरमा हुने प्रदशनीले पूँजी बजारको विस्तारमा केही भएपनि सहयोग पुग्ने बताए । लगानीकर्ता सप्ताहमा धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजार सम्बन्धी सचेतना बढाउन विभिन्न ब्रोसर प्रकाशन गरेको उनले बताए ।

पछिल्लो समय निकै चर्चा परिचर्चामा रहने गरेकी नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल काठमाडौंको केन्द्रित शेयर बजारलाई देशैभर फैलाउन निशुल्क शेयर प्रशिक्षण र जानकारीमूलक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताउँछिन् ।

पूँजी बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गरी बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गराउने अभिप्रयले विश्व लगानीकर्ता सप्ताहको आयोजना गरेको धितोपत्र बोर्डले जनाएको छ । यस्ता कार्यक्रमले लगानीकर्तामा सशक्तिकरण हुने तथा बजारको नियमन, सुधार र विकास कार्यमा सहजता आउने बोर्डले विश्वास लिएको छ ।

लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्नका लागि बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको थालनी गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।