विजय लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस यथावत नगद घट्यो

Oct 08, 2018 Merolagani

विजय लघुवित्त (VLBS) को आइतबार बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस तथा कर बापत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

अघिल्लो बर्ष दश प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यसबर्ष भने नगद लाभांश घटाएको छ ।

गतबर्षको मुनाफाबाट कम्पनीले दश प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्नेछ ।

लघुवित्तले गत बर्ष दुई करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।