स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रद निष्काशन

Oct 09, 2018 Merolagani



स्वदेशी लघुवित्त (SDESI) ले असोज २३ गते मंगलबारदेखि चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरेको छ । लघुवित्तले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद जारी गरेको हो ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले खरिद गर्न सक्नेछन् । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कार्यालयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर विविध कारणले भन्दै रद्ध गरेको छ ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रति शेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो । कम्पनीको शेयर मूल्य सोमबार प्रतिकित्ता ६८९ रूपैयाँमा कारोबार भएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।