स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रद निष्काशन

Oct 09, 2018 Merolagani



स्वदेशी लघुवित्त (SDESI) ले असोज २३ गते मंगलबारदेखि चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरेको छ । लघुवित्तले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद जारी गरेको हो ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले खरिद गर्न सक्नेछन् । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कार्यालयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर विविध कारणले भन्दै रद्ध गरेको छ ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रति शेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो । कम्पनीको शेयर मूल्य सोमबार प्रतिकित्ता ६८९ रूपैयाँमा कारोबार भएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।