दशैं पहिले लाभांस वितरण गर्ने १५ कम्पनी यस्ता छन्, कसको कति ?

Oct 16, 2018 Merolagani



सुधा देवकोटा
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनी मध्ये १५ कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरण गरेका छन्। १५ कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएर बोनस सेयर तथा नगद लाभांस बितरणको प्रस्ताव पारित गरेका हुन् ।

लाभांश वितरण गर्ने कम्पनीहरुमा ४ वटा विकास बैंक, ३ लघुवित्त, २ वटा फाइनान्स, २ हाइड्रोपावर कम्पनी, २ वटा म्युचुअल फण्ड र २ वटा उत्पादन कम्पनी परेका छन् ।

७ कम्पनीले मात्र बोनस र नगद लाभांश वितरण गरेका छन् । जसमा स्वरोजगार लघुवित्त, मेरो माइक्रोपालइनान्स, शाइन रेसिङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, जानकी फाइनान्स र रिडि हाइड्रोपावरले बोनस शेयर र लाभांश वितरण गरेका हुन् ।

त्यसैगरी आठ कम्पनीले नगद लाभाशं मात्र वितरण गरेका हुन । जसमा फस्ट माइक्रोफाईनान्स, ज्योती विकास बैंक, आईसिएफसि फाइनान्स, बोटलर्स नेपाल बालजु, बोटलर्स नेपाल तराई, ङादी ग्रुप पावर, एनआइबिएल समृद्धि फण्ड–१ र सिद्धार्थ इक्युटी ओरियन्टेड स्कीमले नगद लाभांश मात्र वितरण गरेका छन् ।

कुन कम्पनीको लाभांस कति ? तालिकामा हेर्नुहोस्




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।