आईपिओ ल्याउन लागेको गणपति माइक्रोको यस्तो छ प्रगति

Oct 29, 2018 Merolagani

सर्वसाधारणमा ३ लाख कित्ता साधारण शेयर (आईपिओ) जारी गर्ने प्रकृयामा रहेको गणपति माइक्रोफाइनान्स (Ganapati) ले चालू आर्थिक वर्षको तीन महिनामा ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्ष यसै अवधिमा कम्पनी ५० लाख ७ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेपछि कम्पनी नाफामा गएको हो ।

गत बर्ष ३४ लाख १७ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले एक करोड १६ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । उसको सञ्चालन नाफा ३१ लाख ५५ हजार रहेको छ भने २२ लाख ७३ हजार रुपैयाँ खराब कर्जा असुली गरेको छ ।

सात करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको जगेडा कोष ९८ लाख २३ हजारले ऋणात्मक रहेको छ ।

यस अवधिमा लघुवित्तले १५ करोड ३७ लाख निक्षेप संकलन तथा ५१ करोड ४६ लाख कर्जा सापटी लिएर ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उसको खराब कर्जा ०.१६ प्रतिशत बढेर १.३७ प्रतिशत पुगेको छ ।

लघुवित्त कम्पनीले कात्तिक ३० गते डाकेको साधारण सभाले सर्वसाधारणमा आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी, उपयुक्त संस्था भेटेमा मर्जर तथा एक्विजिसन प्रक्रिया अघि बढाउनका सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

सभाबाट पारित भएको शेयर जारी गर्ने प्रस्तावपछि माइक्रोफाइनान्सले नियामक निकाय धितोपत्र बोर्डको अनुमति पश्चात कम्पनीले साधारण शेयर बिक्रीमा ल्याउनेछ । एनआईबिएल एस क्यापिटल कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । 

साधारण शेयर बिक्री पश्चात माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।