सूर्या लाइफ इन्स्योरेन्स ७०% हकप्रद स्वीकृती माग्दै पुग्याे धितोपत्र बोर्ड

Nov 04, 2018 Merolagani

सूर्या लार्इफ इन्स्योरेन्स (SLICL) का शेयरधनीलाई थप हकप्रदको बोझ थपिने भएको छ। बीमा समितिले ताेकेकाे न्यूनतम २ अर्ब चुक्त्ता पूँजी कायम गर्न कम्पनीले फेरि ७० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डमा कार्तिक १२ गते आबेदन दिएकाे छ ।

 सूर्या लार्इफले बाेर्डसँग यस अघि बिक्री गरेकाे ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँकाे ७० प्रतिशत हकप्रद अनुमति मागेकाे हाे । 

यसअनुसार  कम्पनीले  हाल कायम चुक्ता पूँजीको १०ः७ को अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्नेछ । 

कम्पनीले  यस अघि बिक्री गरेकाे ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले यस अघि नै हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

गत वर्ष कम्पनीले १२ करोड १५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८ पैसा कायम गरेको छ ।

बीमा समितिको निर्देशन अनुरुप २ अर्ब चुक्ता पूँजी पुर्याउन सूर्या लाइफले शेयरधनीलाई हकप्रदको भारी बोकाउने भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।