तरलताको समस्या मौसमी, ब्याजदर घट्छ शेयर बजार बढ्छ : अर्थमन्त्री

Nov 06, 2018 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो पटक सार्वजनिक कार्यक्रममा शेयर बजार नबढेको प्रति चिन्ता प्रकट गरेका छन्।नेपाल स्टक एक्सचेञ्चले मंगलबारदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले शेयर बजार सुध्रने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र राम्रो अवस्थामा हुँदा पनि शेयर बजार नबढेको प्रति चिन्ता व्यक्त गर्दै यसमा लगानीकर्ता नै जिम्मेवार भएको बताए । गत वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि थियो यस वर्ष ८ प्रतिशतले वृद्धि हुँदैछ, तर पनि शेयर बजार किन माथि गएन, म लगानीकर्ताहरूलाई सोध्न चाहान्छु’ उनले भने ।

शेयर बजार सूचक र देशको आर्थिक वृद्धिबीच तालमेल नभएको उनको भनाई थियो । ‘आर्थिक वृद्धिदर एकातिर, नेप्से सूचक अर्कातिर हुनु हुँदैन,’ उनले भने, ‘ शेयर बजार सूचक र देशको आर्थिक वृद्धिबीच तालमेल भएन भने चनाखो हुनुपर्छ ।’ तर अर्थ मन्त्रालय सेयर बजार घटाउन वा बढाउनतर्फ लाग्दैन । उनले प्रष्ट पारे ।

साथै उनले पछिल्लो समय देखिएको तरलताको समस्या मौसमी भएको र यस्तो समस्या लामो समय नरहने दाबी गरे ।

अहिले संस्थागत लगानीकर्ताहरु सेयर बजारमा जोखिम लिनभन्दा मुद्दती निक्षेप राखेर ब्याज खान आकर्षित भएको उल्लेख गर्दे उनले निक्षेपमा ११ प्रतिशत ब्याज खाने दिन पनि सकिन लागेको बताए । वित्तीय प्रणालीमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रालयले काम गरिरहेको समेत मन्त्री खतिवडाले जानकारी दिए ।

‘जब ब्याजदर कम हुन्छ, तब संस्थागत लगानीकर्ताहरु शेयर बजारमा आकर्षित हुन्छन्, त्यसले बजारलाई सकरात्मक प्रभाव पार्छ ।’‘शेयर बजार घट्दा लगनीकर्ताहरुमा बिचलन नआओस् भनेर मैले संस्थागत लगानीकर्ताहरुलाई पनि शेयर बजारमा लगानी गर्नुहोस् भनेर भनिरहेको छु,’ अर्थमन्त्री खतिवडाले भने

साथै उनले शेयर बजारको पूँजीगत लाभकरको विषय पनि अब छिट्टै समाधान हुने उनले जानकारी दिए ।

त्यस्तै उनले  कम्पनीको आधारभुत अवस्था विश्लेषण गरी सुरक्षित लगानी गर्न समेत लगानीकर्तालाई आब्हान गरे ।  




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।