अनलाईन कारोबार प्रणाली अझै पूर्ण स्व:चालित हुन सकेन : स्टक ब्रोकर एसोसिएसन

Nov 06, 2018 Merolagani

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नेप्सेले सुरु गरेको अनलाईन कारोबार प्रणाली स्व:चालित नभएको बताएका छन्। सबै किसिमका राफसाफ एकै स्थानमा हुन नसक्ने भएकाले अनलाईनलाई पूर्ण स्व:चालित भन्न नसकिने उनको भनाई थियो ।

शेयर कारोबारको रकम भुक्तानी अनलाईन प्रणालीबाट नै गर्न सक्ने व्यवस्था नहुनु, शेयरको राफसाफ पनि अनलाईन प्रणाली भित्रबाट नहुनु लगायत कारणले समस्या अझै कायम रहने उनको भनाई थियो ।

उनले लगानीकर्ताको सहजताका लागि शेयर कारोबारको रकम भुक्तानीको सबै व्यवस्था अनलार्इन प्रणाली भित्र नै मिलाउन सुझाव समेत दिए । 

नेपाली पूँजी बजारको विकास र विस्तारका लागि अनलाईन कारोबार प्रणालीले ठूलो सहयोग गर्ने बताएका उनले यसको विकास र सहज प्रयोगमा आफूहरु लाग्ने बताए ।

मंगलबारबाट शुरु भएको अनलाईन शेयर कारोबार प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले अनलाईन सुरुवातसँगै ब्रोकरहरु दोस्रो पूँजीबजार बिस्तारमा लाग्ने धारणा राखे ।

पहिलो बजार देशब्यापी बनाउन सरकारले पहल गरेको भन्दै रानाभाटले दोस्रो बजारलाई पनि अन्तर्राष्टियस्तरमा पुर्याउन जरुरी रहेको बताए ।

प्रणालीको विकास भए पनि विभिन्न कानुनी अड्चनका कारण तयार भएको प्रणाली सञ्चालन प्रभावकारी हुन नसक्ने उनको भनाई थियो ।

दोस्रो बजार विस्तारका लागि आलाईन प्रणाली कोशेढुंगा भए पनि सहर केन्द्रीत केहि ब्रोकर शाखाहरु खर्च धन्न सक्ने अवस्थामा नरहेको रानाभाटको गुनासो थियो ।

बैंकहरुलाई ब्रोकर लाईसेन्स वितरण गर्ने सम्बन्धमा भ्रम रहेको भन्दै रानाभाटले देशको ग्रामिण भूभागसम्म ब्रोकर सेवा दिन कार्यविधि बनाएर अघि बढ्नुपर्ने औंल्याए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।