सोल्टी होटलद्धारा लाभांश घोषणा

Nov 16, 2018 Merolagani

सोल्टी होटल SHL) ले बोनस र नगद लाभांश घोषणा गरेको छ। कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ ।

होटलले १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

होटलले साधारण सभाका लागि मंसिर २६ गते बुक क्लोजको मिति तोकेको छ । होटलको लाभांश पाउन मंसिर २५ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

होटलको हाल चुक्ता पूँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि उक्त पूँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।