फरवार्ड कम्युनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव

Dec 09, 2018 Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था (FOWAD) ले गत वर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले ७ करोड ५० लाख ४१ हजार ४२५ रुपैयाँ बोनस र ६ करोड ३३ हजार १४० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

गत वर्षको तुलनामा माइक्रोफाइनान्सले २० प्रतिशतले घटाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांश गरी कूल ६५ प्रतिशत लााभांश वितरण गरेको थियो ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको २५ प्रतिशत बोनश शेयर र २० प्रतिशत कर प्रयोजनका लागि सहित नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल ३० लाख एक लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको २५ प्रतिशत बोनस वितरणपछि ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । 

गत वर्ष २८ करोड १० लाख रुपैयाँ दुख नाफा आर्जन गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १८ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।