श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हात्तीगौडा सहित तीन शाखा विस्तार

Dec 13, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मसिंर २६ गते बुधवारबाट आफ्नो एघारौं शाखा कार्यालय बुढानिलकण्ठ–८, हात्तीगौडामा सञ्चालनमा ल्याइएको छ । यस्तै मंसिर २४ गते फाइनान्सले काठमाडाैं बाहिर दुर्इ शाखा विस्तार गरेकाे थियाे ।

फाइनान्सले  क्रमशः ९औ र १० औं शाखा मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार नै रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएइको हाे ।

विगत २४ वर्षदेखि डिल्लीबजारमा केन्द्रीय कार्यालय रही वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस वित्तीय संस्थाले उक्त क्षेत्रका वासिन्दालाई छिटो छरितो रुपमा बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्य राखेको छ ।

हाल यस वित्तीय संस्थाको देशभरीका विभिन्न ११ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड, निक्षेप ४ अर्व २५ करोड र कर्जा तथा लगानी ४ अर्ब ३ करोड रहेको छ । कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग, निशुल्क आश्वा सेवा जस्ता अत्याधुनिक सेवा वित्तीय संस्थाले ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आइरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।