गत वर्ष ८.७६ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस वितरण नगर्ने भएको छ ।
फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुने आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।
चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमसमा ७३ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४९ पैसा र मूल्यआम्दानी अनुपात १४१.५७ गुणाले बढी छ ।