तारागाँउ रिजेन्सीसले घोषणा गर्यो १२.६३ प्रतिशत नगद लाभांश

Jan 14, 2019 Merolagani

तारागाँउ रिजेन्सी (TRH) हाेटलले १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैंठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। निणर्य भएको झण्डै ६ दिनपछि मात्र लाभांश सार्वजनिक गरिएको नेप्सेमा आएको सूचनाले देखाउँछ।

कम्पनीले आर्थिक बर्ष २०७४/०७५ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.६३१ प्रतिशत रकम छुट्याएको छ ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई प्राप्त गर्न सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।