नेप्से सूचक घटेपनि कारोबार रकम आधा अर्ब नाघ्यो, नेपाल बैंकको उच्च

Jan 16, 2019 Merolagani

बुधबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने व्यापक सुधार भएको छ। साढे सात अंकले नेप्से घट्दा कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोडले बढेको छ। मंगलबार ३९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ५३ करोड बढीको कारोबार भयो ।

बुधबार नेप्से ७.५७ अंकले घटेर ११८७.९७ बिन्दुमा झरेको छ । यस दिन १६९ कम्पनीका १७ लाख ४४ हजार १८७ कित्ता शेयर ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन कारोबारमा आएका ११ उपसूचक मध्ये व्यापार, हाड्रोपावर, उत्पादन तथा प्रशोधन समुहको सूचक बाहेक सबै ऋणात्मक देखिएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सूचक २२.८३ अंकले बढेको छ। यस्तै उत्पादन तथा प्रशोधन २.८९ र प्यापार समुकको सुचक १.८६ अंकले सुधारिएका हुन् ।

यस दिन निर्जीवन बीमाको सुचक सबैभन्दा धेरै ११२.१८ अंकले घटेको छ। यस्तै जीवन बीमा ७३.०४, माइक्रोफाइनान्स १५.६८, अन्य १२.६१, बैंकिङ्ग ५.२, होटल्स २.४४, फाइनान्स २.३२, विकास बैंक १.४१ अंकले ऋणात्मक देखिए ।

बुधबार नेपाल बैंकको सब भन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको ६ करोड ५८ लााख रुपैयाँ बराबरको कारोबार भयो । माछापुच्छ्रे बैंकको संस्थापक शेयर ३ करोड ४० लाख, एनआइसी एशिया बैंकको ३ करोड ९ लाख, माछापुच्छ्रे बैंकको २ करोड ५७ लाख, छिमेक लघुवित्तको १ करोड ९२ लाख र एनआइसि एशियाको संस्थापक शेयर १ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स, साना किसान विकास बैंक, नेपाल लाइफको कारोबार रकम १ करोड भन्दा बढीको कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै अपर तामाकाशीको शेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट नेपाल हाइड्रो डेपलपर्सको शेयरधनीले ९.३८, माहुली सामुदायिक लघुवित्तको ६.७९, सांग्रिला विकास बैंकको ५.४४, सिटी एक्प्रेस फाइनान्सको ४.७२, श्रीराम सुगर मिलको ४.४१, तिनाउ विकास बैंकको ३.८५, समता माइक्रोफाइनान्सको शेयरधनीले ३.३२ प्रतिशतले कमाएका छन् ।

सूर्योदय लघुवित्त र राधी विद्युतको शेयरमूल्य पनि २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यता एनएमबी माइक्रोफाइनान्सको शेयर मुल्य सबैभन्दा धेरै ७.४९ प्रतिशतले घटेको छ । मिसन डेभलपमेन्ट बैंकको शेयरधनीहरुले ६.४५ प्रतिशतले गुमाएका छन् ।

यस्तै बुटवल पावर, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेका छन्। आएएमडिसी लघुवित्त, आइएमई जनरल, अरुण काबेली, फर्स्ट माइक्रोफाइनान्स र एनएमबि सुलभ फण्डको इकाईधनीरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।