तीन कम्पनीले वितरण गरे लाभांश, शेयर डिम्याट गर्न शेयरधनीलाई आग्रह

Jan 20, 2019 Merolagani



साधारण सभा सकेका कम्पनीहरुले लाभांश वितरण गर्न थालेका छन्। आज थप तीन कम्पनीले लाभांश वितरण गरेको सूचना प्रकाशित गरेका हुन्। एनएमबि बैंक, जनता बैंक र आरएमडीसी लघुवित्तले लाभांश वितरण थालेकाे जनाएका छन् ।

एनएमबि बैंक (NMB) को पुस २६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गरेको थियाे। बैंकका शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण थालेको हो ।

बैंकले शेयरधनीहरुलाई एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उपल्ब्ध गराएको बैंक खातामा जम्मा/भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै हाल सम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई डिम्याट गराएर हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेको खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।

जनता बैंक (JBNL) को पुस २९ गते सम्पन्न नवाैं वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत नगद लाभांश डिम्याट खातासंगै अद्यावधिक गरिएको बैंक खाता नम्बरमा जम्मा गरिएको छ ।

डिम्याट खाता भएको तर बैंक खाता अद्यावधिक नभएको शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

यस्तै हाल सम्म डिम्याट खाता नभएका शेयरधनहरुलाई डिम्याट खाता खोलि बैंकमा आवद्धता हुन आग्रह गरेको छ ।

यसैगरी आरएमडीसी लघुवित्त (RMDC) ले पनि नगद लाभांश वितरण गरेको छ । लघुवित्तको पुस २० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश आइपिएस मार्फत सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्ने व्यवस्था रहेको लघुुवित्तले जनाएको छ ।

शेयर डिम्याट गर्न बाँकी रहेका शेयरधनीहरुलाई निक्षेप सदस्यकोमा खाता खोलि शेयर डिम्याट गर्न आग्रह गरेको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।