प्रभु बैंकको लाभांश संसोधन

Feb 03, 2019 Merolagani

प्रभु बैंक (PRVU) काे सञ्चालक समिति बैठकले यसअघि प्रस्ताव गरेको लाभांश संसोधन गरेको छ । राष्ट्र बैंकबाट नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित बाँकी मुनाफाबाट मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात लाभांश संसोधन गर्नुपरेकाे बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको माघ १७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी कोषमा रकम छुट्याएर बाँकी मुनाफाबाट ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैंकले ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संसोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रभुको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यसअघि बैंकको पुस २२ गते सम्पन्न सञ्चालक समितिको १३५ औं बैठकले ५ प्रतिशत बोनस शेयर र कर सहित ५.२३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरि स्वीकृतीका लागि राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले अस्वीकृत गरेपछि बैंकले बोनसदर परिमार्जन गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।