साथै फाइनान्सले बोनस करप्रयोजनार्थ १५ लाख २० हजार ८२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।
फाइनान्सको गत पुष २८ मा बसेको संचालक समिति बैठकले दश प्रतिशत बोनस प्रस्ताव गरेको थियो । तर कम्पनीले त्यसपश्चात शतप्रतिशत र चालीस प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदले समेत पाउने गरी लाभांश प्रस्ताव गरेपछि कम्पनीको लाभांश दर घटेको हो ।
हकप्रद समायोजन पश्चात कम्पनीको चुक्तापूँजी ८० करोड ९० लाख ७७ हजार रुपैयाँ पुगेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
बोनस शेयर पश्चात फाईनान्सको चुक्ता पूँजी ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ९० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।