नागरिक लगानी कोषलाई राष्ट्र बैंकले नियमन गर्ने, स्वामित्वबाट बाहिरिने

Mar 18, 2019 merolagani



नागरिक लगानी कोषलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएको छ । कोषको भवन शिलन्यास तथा २९ औं वार्षिकउत्सबको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट बैंकका कामु गर्भनर चिन्तामणी शिवाकोटीले यस बारे प्रष्ट पारेका हुन् ।

अर्थमन्त्री खतिवडाले कोषलाई नियामक निकाय छैन भनेर भ्रममा नपर्न सचेत गराउदै भने, ‘तपाईहरूको नियमनकारी निकाय छ ।’ अहिले अर्थमन्त्रालयले नजिकबाट हेरिरहेको बताउदै उनले अब नियमन गर्न राष्ट्र बैंकलाई दिने तयारी भईरहेको बताए ।

समग्र सरकारी संस्थानहरूले हेर्ने छुटै कानुन बन्दै गरेको पनि मन्त्री खतिवडाले जानकारी गराए ।

यस्तै कामु गर्भनर शिवाकोटीले कोषलाई राष्ट्र बैंकले नियमन गर्ने भएपछि कमजोरी नदेखिने गरि संस्थागत सुशाशन कायम हुने गरी काम गर्न आग्रह गरे ।

राष्ट्र बैंकले नियमन गर्ने भएपछि कोषमा रहेको बैंकको पूँजी डाइभर्सन हुने कामु गर्भनर शिवाकोटीले बताए । उनले भने, ‘कोषमा रहेको राष्ट्र बैंकको शेयर स्वामित्व डाइर्भसन गर्ने तयारी छ । तपाईहरू अहिलेदेखि नै पूँजी संरचना व्यवस्थापनको तयारीमा लाग्नुहोस् ।

शिवाकोटीले नागरिक लगानी कोषले कर्मचारीको दायरा मात्रै छोडेर आम नागरिकको व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी काम गर्नुपर्ने जोड दिए ।

हाल १ अर्ब १० करोड रुपैंया चुक्ता पुँजी रहेको नागरिक लगानी कोषमा नेपाल राष्ट्र बैंकको १३ प्रतिशत शेयर स्वामित्व छ । यसबाहेक नेपाल सरकारको १० प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २७ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा नागरिक लगानी कोषमा छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।