नागरिक लगानी कोषलाई राष्ट्र बैंकले नियमन गर्ने, स्वामित्वबाट बाहिरिने

Mar 18, 2019 merolagani



नागरिक लगानी कोषलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएको छ । कोषको भवन शिलन्यास तथा २९ औं वार्षिकउत्सबको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट बैंकका कामु गर्भनर चिन्तामणी शिवाकोटीले यस बारे प्रष्ट पारेका हुन् ।

अर्थमन्त्री खतिवडाले कोषलाई नियामक निकाय छैन भनेर भ्रममा नपर्न सचेत गराउदै भने, ‘तपाईहरूको नियमनकारी निकाय छ ।’ अहिले अर्थमन्त्रालयले नजिकबाट हेरिरहेको बताउदै उनले अब नियमन गर्न राष्ट्र बैंकलाई दिने तयारी भईरहेको बताए ।

समग्र सरकारी संस्थानहरूले हेर्ने छुटै कानुन बन्दै गरेको पनि मन्त्री खतिवडाले जानकारी गराए ।

यस्तै कामु गर्भनर शिवाकोटीले कोषलाई राष्ट्र बैंकले नियमन गर्ने भएपछि कमजोरी नदेखिने गरि संस्थागत सुशाशन कायम हुने गरी काम गर्न आग्रह गरे ।

राष्ट्र बैंकले नियमन गर्ने भएपछि कोषमा रहेको बैंकको पूँजी डाइभर्सन हुने कामु गर्भनर शिवाकोटीले बताए । उनले भने, ‘कोषमा रहेको राष्ट्र बैंकको शेयर स्वामित्व डाइर्भसन गर्ने तयारी छ । तपाईहरू अहिलेदेखि नै पूँजी संरचना व्यवस्थापनको तयारीमा लाग्नुहोस् ।

शिवाकोटीले नागरिक लगानी कोषले कर्मचारीको दायरा मात्रै छोडेर आम नागरिकको व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी काम गर्नुपर्ने जोड दिए ।

हाल १ अर्ब १० करोड रुपैंया चुक्ता पुँजी रहेको नागरिक लगानी कोषमा नेपाल राष्ट्र बैंकको १३ प्रतिशत शेयर स्वामित्व छ । यसबाहेक नेपाल सरकारको १० प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २७ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा नागरिक लगानी कोषमा छ ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।