अनलाइन प्रणालीका सम्बन्धमा नेप्से, वाइको र शेयर दलालको छलफलमा के भयो ?

Mar 22, 2019 Merolagani



पछिल्ला दिनहरुमा नेप्सेको अनलाइन कारोबार प्रणालीमा देखिँदै आएको समस्याले शेयर कारोबार अवरुद्ध हुने क्रम बढेपछि सम्बद्ध पक्षहरु छलफलमा जुटेका छन् । नेपाल स्टक एक्सचेञ्ज र स्टक ब्रोकर एशाेसिएसनको पहलमा चलेको छलफलमा सबै पक्षले आफ्नो समस्या पोखेका छन् । छलफलमा उठेका समस्या र सुझावलाई एक महिनामा समाधान गर्ने प्रतिबद्धता वाइको प्रालिले जनाएको छ ।

योमरी कम्पनी अर्थात वाईको प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानका अनुसार नेप्सेको कार्यलयमा भएको छलफलका क्रममा अनलाइन प्रणालीमा उत्पन्न समस्या, त्यसबाट परेको असर र त्यसको समाधानका सम्बन्धमा घनिभुत छलफल भएको छ ।

शेयर दलालहरुले प्रणालीमा औंल्याएका विविध समस्याका साथै सुधारका लागि सुझाव संकलन गरिएको प्रधानले मेरोलगानीलाई बताए । उनका अनुसार कतिपय समस्याहरु प्रणालीमा लगाइएका फिल्टरका बारेमा जानकार नहुँदा उत्पन्न भएका छन् भने कतिपय जेन्युइन समस्याहरु छन् । सबै किसिमका समस्या एक महिनाको समयमा समाधान गर्ने भनाई वाइकोले राखेको प्रधानले बताए ।

एक जना शेयर दलाल व्यवसायीका अनुसार छलफलमा शेयर दलालहरुले अनलाइन प्रणाली अलपत्र किसिमको भएको भन्दै सबै पक्षलाई तत्काल सुधार गर्नका लागि वाइकोको ध्यानाकर्षण गराइएको थियो ।

अनलाइन प्रणालीलाई पूर्णरुपमा कार्यान्वायनमा ल्याई सकिएका कारण कतिपय अवस्थामा लगानीकर्ताले पूर्ण रुपमा शेयर कारोबार गर्न नपाएको अवस्था उजागर गर्दै दलाल व्यवसायीले केही समयलाई अनलाइनसँगै साविकको प्रणालीलाई पनि सञ्चालन गर्न सकिने सुझाव दिएका थिए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले छलफलका क्रममा दलाल व्यवसायीबाट उठेका समस्याका विषयलाई समाधान गर्दै अघि बढ्न वाईकोका साथै नेप्सेकै आईटी शाखालाई निर्देशन दिएका थिए । लाइनमा देखिएका प्राविधिक समस्याको पहिचानसँगै त्यसको तत्काल समाधानका उपाय अबलम्बनमा लाग्न साउदले निर्देशन दिएका हुन् ।

उक्त छलफलकै क्रममा वाईकाेले समस्या समाधानका लागि एक महिनाको समय माग गर्दै अनलाइन प्रणालीको सुक्ष्म विषयमा शेयर दलालहरुलाई तालिम दिने प्रस्ताव अघि सारेको छ । प्रणालीमा देखिएका समस्यासँगै लगानीकर्ता, शेयर दलालहरु पनि प्रणालीका सम्बन्धमा सुक्ष्म रुपमा जानकार भए समस्या कहाँ भएको हो भनेर तत्काल थाहा पाउन सक्ने वाईकोकाे भनाई थियो ।

यस क्रममा शेयर दलाल व्यवसायीहरुले अनलाइन असफल भईसकेको तर्फ वाइको र नेप्सेको ध्यानाकर्षण गराएका थिए । अब वाईकोले के गर्छ ? भनेर ब्रोकरले दवाब दिए पछि वाइकालेले एक महिनाको समयसीमा मागेको थियो । उक्त अवधिमा पनि समस्या समाधान नभएको खण्डमा अहिलेको अनलाइनलाई छाडेर भए पनि उचित विकल्पमा जानु पर्नेमा दलाल व्यवसायीहरुले जोड दिएका थिए ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।