नयाँ वर्षको पहिलो कारोबार सकारात्मक, प्यानमा जोडिँदै लगानीकर्ता

Apr 15, 2019 Merolagani

नयाँ वर्ष २०७६ को पहिलो दिनको शेयर कारोबार सकारात्मक भएर बन्द भएको छ । सामान्य बढेको बजारमा अधिकांश समूहका सूचक सकारात्मक रहेपनि कारोबार रकममा भने गत बिहीबारको तुलनामा कमी आएको छ।

सोमबार नेप्से ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ। यसदिन १६५ कम्पनीको ३० करोड बढीको शेयर किनबेच भयो। एक साता अघिसम्म करिब आधा अर्ब रुपैयाँको हराहरीमा शेयर कारोबार हुँदै आइरेको थियो।

सोमबारदेखि एक पटकमा ५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्रीमा प्यान लागू गरिएको छ। प्यानका बिषयमा केही लगानीकर्ता अस्पष्ट हुँदा कारोबारमा कमी आएको आँकलन गरिएको छ ।

सोमबारको कारोबारमा ५६ पटक पाँच लाख बढीको शेयर किनबेच भएको छ । यसले शेयर बजारका लगानीकर्ता विस्तारै प्यानमा आवद्ध भएको संकेत गर्छ । नेप्सेका अनुसार १४ हजार शेयर लगानीकर्ता प्यानमा आबद्ध रहेका छन् ।

पाँच लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन। लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्नेछन् ।

यस दिन कारोबारमा आएका १० उपसमुह मध्ये ६ सकारात्मक हुँदा ४ उपसमुहको सुचक नकारात्मक देखिए। सोमबार माइक्रोफाइनान्सको सुचक सबै भन्दा धेरै ४२.४४ अंकले बढेको छ । यस्तै होटल २२.४९, उत्पादन तथा प्रशोधन १०.३५, निर्जीवन बीमा ६.९५, वाणिज्य बैंक ५.८९, विकास बैंक ४.१३ अंकले सुधार भएका हुन् ।

यता जीवन बीमाको सुचक सबैभन्दा धेरै ११.२५ अंकले नकरात्मक बनेको छ । यसैगरी हाइड्रोपावर ५.३२, अन्य ५.२८ र फाइनान्स २.०१ अंकले ओरालो लागेका हुन् ।

सोमबार नेको इन्स्योरेन्सको धेरै रकमको कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।

यस्तै कुमारी बैंकको १ करोड ९६ लाख, एनआईसि एशिया बैंकको १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सको १ करोड ६८ लाख, एनएमबि बैंकको १ करोड ६२ लाख र प्रभु बैंकको १ करोड ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारबाट ३०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा वृद्धि आएको छ। इन्स्योरेन्सको शेयरधनीहरुले सोमबारको कारोबारबाट ७.५६ अंकले कमाएका छन् ।

यस्तै साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ । स्वलम्वन लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिर्नजी पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

यता नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको शेयरधनीले सबैभन्दा धेरै ६.८९ प्रतिशतले गुमाएका छन् । नाडेप लघुवित्तको ४.४४, विजया लघुवित्तको ४.२१, खानीखोला हाइड्रोपावरको ३.८४ र एनएलजि इन्स्योरेन्सको शेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।