राधी विद्युतले गर्यो दश प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

Jun 10, 2019 Merolagani



राधी विद्युत कम्पनीले गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २७ गते सोमबार बसेको सञ्चालक समितिको बैंठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस बाँडेको थियो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।