राधी विद्युतले गर्यो दश प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

Jun 10, 2019 Merolagani



राधी विद्युत कम्पनीले गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २७ गते सोमबार बसेको सञ्चालक समितिको बैंठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस बाँडेको थियो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।