अरुण सेक्युरिटिज नेप्सेको कारबाहीमा, तीन कारोबार दिन निलम्बन

Jun 19, 2019 Merolagani

नेपाल स्टक एक्सचेन्जले शेयर ब्रोकर नं ३ अरुण सेक्युरिटिजलाई तीन कारोबार दिनका लागि निलम्बन गरेको छ। नेप्सकोे विनियमावली बमोजीमका काम पुरा नगरेको भन्दै नेप्सेले शेयर कारोबार गर्न रोक लगाएको हो ।

नेप्सेका अनुसार अरुणलाई आषाढ ५ गते विहीबार, आषाढ ८ गते आइतबार र ९ गते सोमबार तीन दिनका लागि निलम्बन गरिएको हो। 

यससँगै सो ब्रोकर कम्पनीबाट मात्रै शेयर कारोबार गर्दै आएका लगानीकर्ताहरु तीन कारोबार दिन शेयर खरिद बिक्री गर्नबाट बञ्चित हुने भएका छन्। 


comments powered by Disqus

धितोपत्र बजार पूँंजीकरण ७.३% वृद्धि, करिब ५८ अर्ब रुपैयाँ धितोपत्र नेप्सेमा सूचीकृत

Jul 19, 2019 06:54 PM

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ जेठ मसान्त सम्ममा धितोपत्र पूँजीकरण १५ खर्ब ७९ अर्ब ३९ करोड कायम भएको हो।