हिमाल दोलखा हाइड्रोपावर आईपिओ भर्ने शुक्रबार अन्तिम दिन

Jun 28, 2019 10:51 AM Merolagani



हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि निष्काशन गरेको आईपिओमा आबेदन गर्ने असार १३ गते शुक्रबार अन्तिम दिन हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि निष्काशन गरेको १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपिओमा आज कार्यलय समय भित्र आबेदन गर्न सकिनेछ ।

कम्पनीले जेठ १४ गते देखि १६ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो ।

आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन गरिएको उक्त आईपिओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन।

उक्त आईपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड रुपैयाँसम्म माग गर्न सकिनेछ ।

आईपिओमा सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओ भर्न सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपिओलाई केयर नेपाललले औसतभन्दा तल आधार जनाउने ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना संचालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख अर्थात ७२ करोड ५१ लाख ४९ लाख र माई खोला स्मल क्यास्केड हाइड्रोपावर १७ करोड ८० लाख ८७ हजार अर्थात एक अर्ब ४२ करोड लागतमा निमार्ण सम्पन्न गरि सञ्चालनमा रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्नेछ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनीले चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा आम्दानी गर्ने र आर्थिक वर्ष २०७६÷७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण गरेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।