अर्थमन्त्री भन्छन् : 'हाम्रो वित्तीय साक्षरता कमजोर छ, बुझेर मात्रै लगानी र कारोबार गरौं '

Jul 02, 2019 11:59 AM merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अझै पनि वित्तीय साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलनको उद्घान गर्दै मन्त्री खतिवडाले वित्तीय साक्षरताको अभाव गरिने शेयरको लगानी जोखिममा हुने बताए ।

मन्त्री खतिवडाले नेपालको शेयर बजारमा अधिकांस बैंक तथा वित्तीय संस्थाहरु सूचिकृत रहेको उल्लेख गर्दे यस क्षेत्रमा लगानी गर्नेहरुमा पनि वित्तीय साक्षरता कमजोर रहेको बताए । वित्तीय क्षेत्रमा लगानी गर्नेलाई आफूले लगानी गर्ने संस्थाबारे धेरै जानकारी हुनुपर्ने अर्थमन्त्रीको भनाई छ ।

अर्थमन्त्रीले भने, 'वित्तीय साक्षरता विकास गर्न कम्पनीबारे बुझेर मात्रै लगानी गर्नुपर्छ, धेरै बिषय कम्पनीले प्रकाशित गर्ने वासलातमा आउँछ, कम्पनीको वासलात पढ्ने र साधारणसभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदनहरुको अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ ,' कम्पनी बारे नबुझी गरेको लगानीमा जोखिम बढी हुने उनको भनाई थियो ।

बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने धेरै मानिसमा वित्तीय साक्षरता पुर्याउनुपर्नेमा अर्थमन्त्रीले जोड दिए । नेपालका बैकिङ कारोबार गर्नेहरु बढेपनि उनीहरुमा प्रयाप्त वित्तीय साक्षरता पुग्न नसकेको उनको भनाई थियो ।

नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढाइरहेको अर्थमन्त्रीको भनाई छ । उनले आफुलाई अहिलेसम्म पनि प्रविधि मार्फत गर्ने कारोबारमा आत्माविश्वास नभएको बताए । ’म जस्तो व्यक्तिलाई त प्रविधि मार्फत गरिने कारोबारप्रति आत्माबिश्वास छैन भने अरुको के अवस्था होला’ अर्थमन्त्रीले भने ’नेपालमा प्रयाप्त रुपमा वित्तीय साक्षरता नभएका कारणले त्यसमा काम गर्नु पर्ने अवस्था छ ।’

अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणलगायतका मुद्दा महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दे यस बिषयमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन भएको हो । सम्मेलनमा अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरूका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता छ।

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।