सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त एक आपसमा गाभिने

Jul 05, 2019 12:01 PM Merolagani



सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड (SLBS) स्याङजा र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड, नवलपरासी विच एक आपसमा गाभिन (मर्जर) का लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

पोखरामा असार १९ गते बिहीबार भएको उक्त सम्झौतामा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले हस्ताक्षर गरेका हुन्।

मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायीत्व कायम गर्ने उद्धेश्यले मर्ज गरिएको सूर्योदयका अध्यक्ष श्रेष्ठले बताए ।

 

 दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको त्रिलोकका अध्यक्ष खनियाले बताए ।

मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया, प्रमुख कार्यकारी अधिकृतमा सूर्योदयका मोक्ष प्रसाद पंगेनी र त्रिलोकका राजेन्द्र न्यनैपाने नायव कार्यकारी अधिकृत रहने सहमति भएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिए पछि बन्ने संस्थाको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ ।

२३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, ७३ करोड बचत र १७ करोड शेयर पूँजी पुग्ने प्रमुख कार्यकारी अधिकृत पंगेनीले बताए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।