लुम्बिनी विकास बैंकको बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Aug 06, 2019 01:57 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले आर्थिक वर्ष २०७४/०७५ को कमाईबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने साउन २१ गते मंगलबार अन्तिम दिन रहेको छ। 

नेप्से सूचक ऋणात्मक बन्दा बुकक्लोजको दिनमा बैंकको शेयरमूल्य १.४४ प्रतिशतले घटेर २०५ रुपैयाँमा कारोबार भैरहेको छ। बैंकले बोनस शेयर वितरण तथा साधारणसभा प्रयोजनको लागि साउन २२ गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले मंगलबारसम्म कायम शेयरधनीले मात्र बोनस शेयर पाउनेछन्।

लाभांश अनुमोदन गर्न बैंकले साउन २८ गते काठमाण्डौं कालिकास्थान अमृतभोगमा बिहान ११ बजे एघारौं वार्षिक साधारण सभा आब्हान गरेको छ।

साधारण सभामा बैंकले गत वर्ष आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १७.०७ प्रतिशत अर्थात ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाने भएको छ।

बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ५८ करोड रुपैयाँ पुर्याउने र सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजादै छ।

त्यस्तै कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान, समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न मुल्याङ्कनकर्ता नियुक्ति गर्ने तथा अन्य मर्जर सम्बन्धि सम्पूर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन लगायत अन्य विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छन्।

हाल २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१२ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५८ करोड ६९ लाख ७३ हजार ४०० रुपैयाँ नाघ्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।