राधी विद्युतको नाफा साढे ५ करोड

Aug 11, 2019 11:28 AM Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा नाफा ११.३० प्रतिशतले बढाएको हो। 

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। गत वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य श्रोतबाट २२ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्ष विद्युत बिक्रीबाट १३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस आवमा विद्युत बिक्रीबाट हुने आम्दानी ५.९७ प्रतिशतले बढाएको हो । कम्पनीको अन्य श्रोत मार्फत हुने आम्दानी भने अघिल्लो आवको तुलनामा १ करोड ३ लाख ८७ हजार घटेको छ ।

राधी विद्युतले चुक्ता पूँजी ४५ करोड १० लाख रुपैयाँबाट ५ प्रतिशत बढाएर ४७ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०१ पैसाबाट बढेर ११ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १२.७७ गुणा छ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ। साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।