हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घट्यो, नाफामा ४०.१० प्रतिशतको सुधार

Aug 13, 2019 11:44 AM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) को खुद बीमा शुल्क घटेपनि खुद नाफा ४०.१० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा इन्स्योरेन्सको खुद नाफा १९ करोड ८५ लाख रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँले बढी हो ।

इन्स्योरेन्सले अघिल्लो वर्ष १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्क भने ५ करोड ७८ लाख रुपैयाँले घटेर २७ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको यही अवधिमा इन्स्योरेन्सले ३२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । इन्स्योरेन्सको खुद बीमा शुल्कमा भने साढे १७ प्रतिशतको गिरावट आएको हो। 

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १५ करोड ३ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सको अन्य आम्दानीहरु बढ्दा नाफामा भने सुधार देखिएको हो ।

अघिल्लो वर्ष इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड ११ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । 

एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ५२ लाख रुपैयाँ, बीमा कोषमा ४७ करोड ३० लाख रुपैयाँ र महा विपत्ती कोषमा ३ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।कम्पनीको बीमा कोषको आकार पनि २६.५५ प्रतिशतले बढेको छ भने महाविपत्ति कोष स्थिर छ।  

कम्पनीले हालसम्म ४६ हजार २०५ वटा बीमालेख जारी गरी एक अर्ब ४५ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल ५ हजार ८२९ वटा दाबी वापत ९४ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १ हजार ५३ वटा दाबी वापत १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधि सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १८.११ गुणा बढी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।