अरुण भ्याली हाइड्रोपावरले बढायो १५० प्रतिशतले खुद नाफा

Aug 13, 2019 12:18 PM Merolagani



अरुण भ्याली हाइड्रोपावर (AHPC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा झण्डै १५० प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य स्रोत मार्फत हुने आम्दानी बढ्दा उसको खुद नाफा पनि बढेको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा अरुण भ्याली हाइड्रोपावरले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको तुलनामा १४९.४२ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी २७ लाख रुपैयाँले बढाएर ५ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ। गत आवमा उसले बिद्युत बिक्री मार्फत ५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीको अन्य स्रोत मार्फत हुने आम्दानी पनि बढेको छ। अघिल्लो आवमा बिद्युत बिक्री बाहेकका अन्य स्रोत मार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ४ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ७ करोड ७८ लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा हाइड्रोपावरले जगेडा कोष ५ करोड ३२  लाख रुपैयाँले बढाएको हो । 

हाइड्रोपावरको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १८.८२ गुणा छ । अरुण भ्यालीको सोमबार दोस्रो बजारमा शेयरमूल्य १०४ रुपैयाँमा कारोबार बन्द भएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।