डिप्रोक्स लघुवित्तको नाफा ८० प्रतिशतले बढ्यो

Aug 14, 2019 02:12 PM Merolagani



डिप्रोक्स लघुवित्त (DBBL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा ८०.४९ प्रतिशतले बढाएको वित्तिय विवरण बुधबार सार्वजानिक गरेको छ।

अघिल्लो आवमा २३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ४३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २० करोड रुपैयाँले धेरै हो । 

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा पनि बढेको हो। अघिल्लो वर्ष ६२ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष ८१ करोड ६१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

कम्पनीले निक्षेप संकलन २ अर्ब ४१ करोड रुपेयाँबाट बढाएर ३ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ७ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर ११ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ।

चुक्ता पूँजी ७ अर्ब ७३ करोड रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा ७८ करोड २८ लाख रुपैयाँ राखेको छ । उसको खराब कर्जा अनुपात ०.७५ बाट थोरै बढेर ०.८४ प्रतिशत पुगेको छ।

प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६२ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात १२.९८ गुणा छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।