अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क साढे १५ करोड

Aug 14, 2019 05:20 PM Merolagani

अजोड इन्स्योरेन्स (AJOD) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १५ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। २०७५ असार देखि सञ्चालनमा आएको इन्स्योरेन्सले पुर्नबीमा कमिशन वापत एक करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको यही अवधिमा इन्स्योरेन्सले एक करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले जगेडा कोषमा २ करोड ४६ लाख, बीमा कोषमा २ करोड ८३ लाख र महाविपत्ती कोषमा ३७ लाख रुपैयाँ सञ्चालन छ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सले ४९ हजार ८९४ बीमालेख जारी गरी ४१ करोड ४५ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको हो।

यस अवधिमा ३३० वटा दाबी वापत २ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५५ को लागि २ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।