मुक्तिनाथ बैंकको हकप्रद भर्न बिहीबारसम्म शेयरधनी हुन आवश्यक

Aug 15, 2019 11:07 AM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले जारी गर्ने चुक्ता पूँजीको २० प्रतिशत बराबरको ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रदमा आवेदन दिनका लागि साउन ३० गते बिहीबारसम्म शेयरधनी हुन आवश्यक छ ।

साउन १० गते सम्पन्न बैंक सञ्चालक समितिको २१४ औं बैठकले हकप्रद बिक्रीका लागि साउन ३१ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको छ। यसअनुसार साउन ३० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा शेयरधनी कायम रहनेले मात्र हकप्रद पाउनेछन्।

साउन २९ गते बसधबार बैंकको प्रतिकित्ता शेयरमूल्य ३७१ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि ४० प्रतिशत हकप्रद बिक्री गरेको बैंकले गत वर्षको कमाईबाट १८.२५ प्रतिशत बोनस वितरण गरेको थियो। बैंकले बोनस पश्चात कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो।

गत मंसिर २९ गते पोखरामा सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। सो हकप्रद २०७६ असार ३० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।

हाल बैंकको तीन अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँजी छ। चुक्ता पूँजीको २० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २० लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा कायम गरेको छ। बैंकको चौथो त्रैमासिक प्रतिवेदन भने हालसमम्म सार्वजनिक भएको छैन।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।