ग्रामीण विकास लघुवित्तको नाफा ६१ प्रतिशतले बढ्यो

Aug 15, 2019 01:02 PM Merolagani



ग्रामीण विकास लघुवित्त(GBLBS)ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खुद नाफा ६१.७७ प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँले धेरै हो।

अघिल्लो वर्ष अर्थिक वर्षमा लघुवित्त(GBLBS)ले १६ करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तले खर्चका सूचकहरुलाई सन्तुलनमा गर्दै र ७ करोड सम्भावित नोक्सानी व्यवस्थापनबाट रकम फिर्ता गर्दा नाफा सुधार भएको हो ।

चूक्ता पूँजी ९२ करोड ४२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५० करोड ९९ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले तीन अर्ब २३ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले चार अर्ब ९० करोड १३ लाख रुपैयाँ सापटी गरेर ९ अर्ब ९० करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आवमा लघुवित्तले ९७ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा ११ प्रतिशतले सुधारभएको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो आवमा लघुवित्तले ८७ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.१४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २२ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १८ पैसा छ भने मूल्य आम्दानी अनुपात १६.२० गुणा छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।