नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शूल्क पौने २३ अर्ब, बीमाकोष थप मजबुत

Aug 15, 2019 01:23 PM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ।

एक वर्ष अवधिमा इन्स्योरेन्सले ६ अर्ब ८४ करोड ७५ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १५ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

जीवन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले असार मसान्तसम्ममा अघिल्लो आवको तुलनामा खुद नाफा १२ प्रतिशत धेरै ५२ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो।

कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा ५ करोड ६० लाख रुपैयाँले बढेको हो। गत वर्षको यसै अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

चौंथो त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड ३४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै बीमालेख धितोमा ११ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेर १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ।

असार मसान्तसम्ममा जीवन बीमा कोषमा ६५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४३ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको यसै अवधिमा नेपाल लाईफको जीवन बीमा कोषमा ४९ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब १ करोड२७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ सञ्चित थियो।

हालसम्म कम्पनीले १२ लाख ८० हजार ६३६ वटा बीमा लेखहरु जारी गरी कुल ९१ अर्ब ६७ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत आवमा इन्स्योरेन्सले ४९ हजार ६९७ वटा दाबी वापत ७ अर्ब ५९ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा नेपाल लाईफको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा र मूल्यआम्दानी अनुपात ९४.६४ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।