एशियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४ अर्ब माथि, नाफामा पनि सुधार

Aug 19, 2019 06:20 PM Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ४ अर्ब २१ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा ४०.६१ प्रतिशत अर्थात एक अर्ब २१ करोड ७७ लाख रुपैयाँले बढी हो।

अघिल्लो वर्षको यहि अवधिमा इन्स्योरेन्सले २ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब २९ करोड ९१ लाख रुपैयाँ, बीमालेख धितो एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेर ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघिको ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यहि अवधिको तुलनामा एक करोड २१ लाख रुपैयाँले बढी हो । अघिल्लो बर्ष कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको एशियन लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गरेर २ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ । इन्स्योरेन्सको जीवन बीमा कोषमा १७ अर्ब १ करोड ९० लाख रुपैयाँ, जगेडा कोषमा ३२ करोड १५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म २ लाख ७२ हजार ९०३ बीमालेख रहेको कम्पनीले कुल २० अर्ब २१ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा ४ हजार ९५० दाबी वापत एक अर्ब ११ करोड ६० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ६७ दाबी वापत एक करोड ५३ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १३२.२५ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।