सूर्या लाइफको नाफामा उल्लेख्य सुधार,२७ करोड ५८ लाख दाबी भुक्तानी

Aug 20, 2019 03:49 PM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७३ लाख रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।समीक्षा अवधिमा कम्पनीको नाफा ७२ प्रतिशतले बढेको हो।

यस्तै इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ८३ करोड ३९ लाख रुपैयाँ अर्थात ४९.४९ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले एक अर्ब ६६ करोड ४९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

गत आवमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ४५ करोड ३५ लाख रुपैयाँ र बीमालेख धितोमा ४६ करोड ३ लाख रुपैयाँ लगानी गरी ३ करोड ७ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो।

 

कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ छ। यस्तै जगेडा कोषमा ३९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब २५ करोड २४ लाख र महाविपत्ति कोषमा ७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्त सम्ममा ३ लाख ७६ हजार ९६७ बीमालेख जारी गरी २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले एक हजार ७७४ कूल दाबी बापत २७ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७६९ दाबी वापत २ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २७.७१ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।