सूर्या लाइफको नाफामा उल्लेख्य सुधार,२७ करोड ५८ लाख दाबी भुक्तानी

Aug 20, 2019 03:49 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७३ लाख रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।समीक्षा अवधिमा कम्पनीको नाफा ७२ प्रतिशतले बढेको हो।

यस्तै इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ८३ करोड ३९ लाख रुपैयाँ अर्थात ४९.४९ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले एक अर्ब ६६ करोड ४९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

गत आवमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ४५ करोड ३५ लाख रुपैयाँ र बीमालेख धितोमा ४६ करोड ३ लाख रुपैयाँ लगानी गरी ३ करोड ७ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो।

 

कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ छ। यस्तै जगेडा कोषमा ३९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब २५ करोड २४ लाख र महाविपत्ति कोषमा ७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्त सम्ममा ३ लाख ७६ हजार ९६७ बीमालेख जारी गरी २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले एक हजार ७७४ कूल दाबी बापत २७ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७६९ दाबी वापत २ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २७.७१ गुणा छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।