गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क करिब डेढ अर्ब, नाफामा सुधार

Aug 20, 2019 11:58 AM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क ४४ करोड ३७ लाख रुपैयाँले बढाएको छ । 

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा एक अर्ब ४४ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ८९ करोड २२ लाख रुपैयाँ पुर्याएको हो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ५० करोड ९४ लाख रुपैयाँ, बीमा लेख धितोमा ३५ करोड २२ लाख रुपैयाँ लगानी गरेर ७ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले बीमांकीय मूल्यंकन अघि ७ करोड ६४ लाख ५५ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार सम्ममा ४ करोड १ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ६२ लाख ८३ हजार रुपैयाँले बढी हो ।

९२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब ८२ करोड २२ लाख रुपैयाँ, जगेडा कोषमा २७ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ५९ लाख रुपैयाँ संचित छ ।

इन्स्योरेन्सले यस अवधिसम्ममा २ लाख ७६२ वटा बीमालेखबाट कुल ७ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक हजार १२८ दाबी वापत ४० करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २४ दाबी वापत ६० लाख ८१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात ५६.५४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।