नेशनल लाइफको खुद बीमा शुल्क करिब ८ अर्ब, खुद नाफा १२.७२% बढ्यो

Aug 16, 2019 10:09 AM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सले खुद बीमा शुल्क एक अर्ब ६६ करोड ७० लाख रुपैयाँले बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब १३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट ३ करोड ८२ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ९ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै बीमालेख धितोमा ३ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेर ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद नाफा पनि अघिल्लो आवको तुलनामा १२.७२ प्रतिशत अर्थात ३ करोड ७९ लाख रुपैयाँले बढेर ३३ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो। गत वर्षको चौथो त्रैमास सम्ममा कम्पनीले २९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ रहेको कम्पनीले जगेडाकोषमा ९१ करोड ८६ लाख रुपैयाँ, जीवन बीमा कोषमा २७ अर्ब १९ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा २१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।

हाल सम्म कम्पनीले ७ लाख २१ हजार ८ वटा बीमालेखबाट ८ अर्ब २ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले कुल १४ हजार ७५४ वटा दाबीका लागि २ अर्ब ६५ करोड २८ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने २६ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात ५२.३१ गुणा बढी छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।