राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा साढे २० अर्ब, खुद नाफा १८८% बढ्यो

Aug 22, 2019 03:21 PM Merolagani



सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) को जीवन बीमा कोषको आकार गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा कोष ४ अर्ब ९२ करोड ३४ लाख रुपैयाँले बढेको हो।

संस्थानको जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको असारमसान्त सम्ममा १५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ संचित थियो ।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ५ करोड ७० लाख २३ हजार रुपैयाँँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८८.८४ प्रतिशत अर्थात ३ करोड ७२ लाख ८० हजार रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थानले एक करोड ९७ लाख ४२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस्तै एक अर्ब १६ करोड ५४ लाख अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेर कम्पनीले आम्दानी गरेको छ भने एक अर्ब ५६ करोड, बीमालेख धितोमा एक अर्ब ४४ करोड ३५ लाख रुपैयाँ लगानी गरेर १२ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै २२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। गत आवमा संस्थानको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५० पैसा कायम भएको छ।

संस्थानले यस अवधिमा ६ अर्ब ३५ करोड ३८ लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भन्दा धेरैले बढी हो। अघिल्लो वर्ष संस्थानले ३ अर्ब १६ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ७ करोड ८२ लाख बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।

कम्पनीले गत आवको अन्त्यसम्ममा यसले २ अर्ब ७१ करोड २९ लाख ९० हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने १९ करोड १५ लाख ८९ हजार रुपैयाँ बराबरको  दाबी भुक्तानी हुन बाँकी छ।

निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन। पहिले एकै कम्पनी भएपनि राष्ट्रिय बीमा कम्पनी केही समय अघि संस्थानबाट छुट्टिएको थियो। 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।