नयाँ दश जीबन बीमा कम्पनीमा देखियो रोचक प्रतिस्पर्धा

Aug 20, 2019 07:05 PM Merolagani

- अरुण पाख्रेन।
पछिल्लो समय सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय  विवरण सार्वजनिक गरिसकेका छन्। जसमा निकै रोचक प्रतिस्पर्धा देखिएको छ। एक कम्पनीले एक शिर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शिर्षकमा अब्बल देखिएको छ। 

  • खुद बीमा शुल्क पौने १० अर्ब, युनियन लाइफको ३० प्रतिशत योगदान

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ९ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। यसमा २०७४ असोज ६ गते देखि व्यवसायिक कारोबार सुरु गरेको युनियन लाइफको सबैभन्दा धेरै ३०.३४ प्रतिशत अर्थात २ अर्ब ९५ करोड १८ लाख रुपैयाँ योगदान छ।

यस्तै खुद बीमा शुल्क आर्जनमा सबैभन्दा कम गत मंसिर २८ गते देखि व्यवसायिक कारोबार सुरुवात गरेको प्रभु लाइफ इन्स्योरेन्सको छ। प्रभु लाइफले २४ करोड ८४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि दोस्रो ठूलो संकलन गर्ने कम्पनी रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ। रिलायवलले यस अवधिमा एक अर्ब ३३ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ।

यस्तै सिटिजन लाइफ पनि एक अर्ब १२ करोड खुद बीमा शुल्क संकलन गरेको छ। अन्य कम्पनीहरुको खुद बीमा शुल्क भने एक अर्ब भन्दा कम छ। 

 

  • खुद नाफामा रिलायवल लाइफ अगाडि

गत आर्थिक वर्षमा रिलायवल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस्तै खुद नाफाका आधारमा दोस्रो स्थानमा रहेको  सिटिजन लाइफले १७ करोड, ज्योति लाइफले १२ करोड ४६ लाख, महालक्ष्मी लाइफले ११ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आईएमई लाइफ र सन नेपाल लाइफले १० करोड भन्दा बढी खुद नाफा कमाएका छन् ।

उता सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गरेको युनियन लाइफको नाफा भने १० करोड मुनि रहेको छ । युनियनको खुद नाफा ९ करोड ९३ लाख रुपैयाँ छ ।

सबैभन्दा कम रिलायन्स लाइफले २ करोड ९२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

हाल संचालनमा रहेका १० कम्पनीको कुल चुक्ता पूँजी १४ अर्ब ६७ करोड रुपैयाँ छ। बीमा समितिको निर्देशन अनुसार प्रत्येक कम्पनीले न्युनतम २ अर्बका चुक्ता पूँजी पुर्यानुपर्नेछ। पूँजी बृद्धिको लागि बीमा कम्पनीहरुले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने तयारी समेत थालिसकेका छन्।

  • युनियन लाइफको जीवन बीमा कोष दुई अर्ब माथि

नयाँ १० जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद बीमा शुल्क संकलन गरेको युनियन लाइफले जीवन बीमा कोषलाई पनि मजबुत बनाएको छ । यस अवधिमा युनियनले २ अर्ब ९५ करोड खुद बीमा शुल्क संकलन गरेको युनियनले जीवन बीमा कोषमा २ अर्ब १२ करोड ८६ लाख रुपैयाँ संचित गरेको छ । यस्तै जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ छुट्टाएको छ ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै रिलायवल लाइफ इन्स्योरेन्सको जगेडा कोष बलियो देखिएको छ। खुद नाफा आम्दानीमा शिर्ष स्थानमा रहेको कम्पनीले जगेडा कोषमा ४४ करोड १४ लाख रुपैयाँ संचित गरेको छ। यस्तै उसको जीवन बीमा कोषमा ५६ करोड २० लाख रुपैयाँ संचित छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा सबैभन्दा कम १४ करोड ९७ लाख रुपैयाँ संचित छ भने प्रभु लाइफको जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ संचित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।