मर्जर प्रकृयामा रहेका तीन विकास बैंकको यस्तो छ प्रगति

Aug 16, 2019 11:37 AM Merolagani

एक आपसमा मर्जर प्रकृयामा रहेका शाइन रेसुङ्गा, भार्गव, र पूर्णिमा विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा बढाएर सन्तोषजनक प्रगति विवरण सार्वजानिक गरेका छन्।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा २५.८४ प्रतिशतले बढाएर सन्तोषजनक प्रगति गरेको छ। बैंकले गत आर्थिक वर्ष ४१ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको  थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा पनि बढेको हो। अघिल्लो वर्ष ६६ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत अर्थिक वर्षमा ९० करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकले निक्षेप संकलन १४ अर्ब ४३ करोड रुपैयाँबाट १८ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १२ अर्ब १२ करोड रुपैयाँबाट १५ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ।

हाल १ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३० पैसा रहेको छ। 

बैंकको जगेडा कोषमा ४२ करोड रुपैयाँ संचित छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात ९.९६ गुणा छ। बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत छ । 

भार्गव विकास बैंक (BHBL

भार्गव विकास बैंकले पनि गत आर्थिक बर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा बढाएर प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आवमा ६२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत वर्ष ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि भएको छ। बैंकको खुद ब्याज आम्दानी १० करोड ९३ लाख रुपैयाँबाट बढेर १६ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब रुपेयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी  १३ रुपैयाँ ३४ पैसा रहेको छ।

बैंकले जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ संचित  राखेको छ  भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ छ२ पैसार मूल्य आम्दानी अनुपात १३.५३ गुणा छ । बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ । 

पूर्णिमा विकास बैंक  (PURBL

पूर्णिमा विकास बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएर वित्तीय विवरण सार्वजानिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा खुद नाफा झण्डै २२ लाख रुपैयाँले बढाएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सामान्य वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चुक्ता पुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको पूर्णिमा विकास बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २२ पैसा छ। बैंकको जगेडा कोषमा ९ करोड ३० लाख रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा अनुपात ०.१८ प्रतिशत छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।