नेप्सेमा कारोबार खुल्ने अन्तिम चरणमा रहेको सबैको लघुवित्तको अधिकांश सूचकमा उत्कृष्ट सुधार

Aug 18, 2019 01:36 PM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था (SABIAK) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट सुधार गरेको छ। साउन १ देखि ५ गतेसम्म आईपिओ निष्कासन गरेर नेप्सेमा शेयर कारोबार खुल्न बाँकी रहेको यस लघुवित्तको आफ्नो वित्तीय विवरणमा उत्कृष्ठ सुधार गरेको छ ।

अघिल्लो आवमा ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आवको चौंथो त्रैमाससम्ममा तीन करोड २ लाख रुपैयाँले वृद्धि गरि ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य बढोत्तरी देखिएको हो। 

यस अवधिमा लघुवित्तले ७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५ करोड ८८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा लघुवित्तले एक करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

वित्तीय विवरणमा ११ करोड २० लाख रुपैयाँको चुक्ता पूँजी उल्लेख गरेको लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुगेको छ। 

लघुवित्तले जगेडा कोषमा उत्कृष्ट सुधार गर्दै ३ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा ९ लाख ८७ हजार रुपैयाँ सञ्चित गरेको थियो। 

यस अवधिमा लघुवित्तले ४२ करोड ७५ लाख निक्षेप संकलन र एक अर्ब १० करोड ८० लाख सापटीबाट एक अर्ब ५९ करोड २३ लाख रुपयाँ बराबरको कर्जा परिचालन गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.०१ बाट बढेर ०.४५ प्रतिशत पुगेको छ । 

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता शेयर जारी गरेर १० गते बाँडफाँड गरेको थियो।उक्त शेयर सूचीकृत हुन बाँकी छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।