हिमालयन बैंकको ऋणपत्र किन्ने सोमबार अन्तिम दिन

Aug 19, 2019 10:18 AM Merolagani



हिमालयन बैंक (HBL) ले साउन २ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्रमा आवेदन गनेृ भदौ २ गते सोमबार अन्तिम दिन रहेको छ। यसअघि बैंकले निर्धारित छोटो समयमा न्यून आवेदन परेपछि ऋणपत्रमा आवेदन गर्ने समय ढिलो मितिसम्म लम्ब्याएको थियो।

बैंकले एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशनमा ल्याएको थियो। सर्वसाधारण निष्काशित मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ भने ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा आवेदन खुला गरिएको थियो।

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार भदौ १ गते आइतबारसम्म बैंकको ऋणपत्रमा २५ करोड २५ लाख ४४ हजार रुपैयाँ बराबरका मात्रै आवेदन परेको छ। ७४४ वटा आवेदन मार्फत २ लाख ५२ हजार २४४ कित्ता ऋणपत्र खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।

बैंकको ऋणपत्र खरीद गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट सोमबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन्।

सातवर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ। हिमालयन बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ ऋणपत्र बिक्रीमा ल्याएको हो।

कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नेछ। ४० प्रतिशत बराबरको एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण निष्काशन गरिएको हो।

बैंकहरुले आफ्नो पूँजीकोष बलियो बनाउन ऋणपत्र बिक्रीको गर्न खोज्दा सर्वसाधारण लगानीकर्ता भने ऋणपत्रमा खासै आकर्षित सकेका देखिँदैन। पछिल्लो समय बिक्री ल्याइएका सर्वसाधारण तर्फको कुनैपनि बैंकको ऋणपत्र सबै बिक्री हुन सकेको छैन। सर्वसाधारणबाट सबै ऋणपत्र बिक्री नभए पश्चात बैंकले बाँकी ऋणपत्र संस्थागत लगानीकर्ता मार्फत बिक्री गर्ने सम्भावना धेरै देखिन्छ।

हिमालयन बैंकले यसअघि आठ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो। उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकिँदै गएपछि बैंकले दीर्घकालिन स्रोत परिचालनका लागि अर्को ऋणपत्र निष्काशन गरेको हो।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।