बेष्ट फाइनान्स सुधारको बाटोमा, आम्दानीका सुचक उच्च बढेपनि कर मिलानले नाफा घट्यो

Aug 19, 2019 01:12 PM Merolagani



समस्याग्रस्त संस्थाबाट मुक्त भई नयाँ व्यवस्थापन आएपछि बेष्ट फाइनान्स (BFC) ले  विस्तारै प्रगतिको बाटो समातेको छ। फाइनान्सले ब्यवसायको आकार वृद्धि तथा खराब कर्जा अनुपातलाई घटाउँदै आफ्नो सुधार गर्न थालेको हो। 

अघिल्लो आर्थिक वर्षमा ४९.२९ प्रतिशत धेरै खराब कर्जा रहेकोमा फाइनान्सले गत आवमा ८ करोड बढी असुली गर्दै १८.४६ प्रतिशतमा सुधार गरेको छ। 

यस अवधिमा फाइनान्सले २ अर्ब २९ करोड २३ लाख निक्षेप संकलन गरी एक अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

सोमबार सार्वजनिक एनएफआरएस प्रतिवेदन अनुसार फाइनान्सले अघिल्लो आवमा २ करोड ३४ लाखको खुद ब्याज आम्दानीलाई गत आवको चौंथो त्रैमाससम्ममा १६ करोड ४९ लाखमा वृद्धि गरेको छ भने ३ करोड ५९ लाखको सञ्चालन मुनाफा १२ करोड ३९ लाखमा वृद्धि गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १४ करोड १५ लाख रुपैयाँ अर्थात् ६०४.७३ प्रतिशतले धेरै हो । यस्तै सञ्चालन मुनाफा २४५ प्रतिशतले वृद्धि भएको हो।

आम्दानीका सूचकहरु वृद्धि गरेपनि फाइनान्सको गत आवको ३ करोड ८० लाख र अघिल्ला वर्षहरुको कर वापतको ८ करोड १५ लाख गरि ११ करोड ९६ लाख रुपैयाँ भुक्तानी गर्दा गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा फाइनान्सको खुद नाफा भने ३१ लाख ८० हजार रुपैयाँ सीमित भएको छ।करबापतको रकम भुक्तानी पूर्व फाइनान्सको नाफा १२ करोड २७ लाख रुपैयाँ रहेको थियो। 

अघिल्लो आवमा फाइनान्सले ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुरानो कर बापतको हिसाब मिलान गर्दा गत आवको नाफामा गिरावट देखिएको हो।

 

चुक्ता पूँजी १७२.२६ प्रतिशतले बढाएर ८१ करोड १५ हजार रुपैयाँ पुर्याएको फाइनान्सले जगेडा कोषमा २५५.९६ प्रतिशतले सुधार गर्दै १९ करोड ४४ लाख रुपैयाँ सञ्चित गरेको छ। फाइनान्सको शेयरधनी कोष भने ३४ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छसमग्रमा कम्पनीको जगेडा अझै १० करोड १० लाख ऋणात्मक छ।

एनएफआरएस प्रतिवेदन अनुसार फाइनान्सको ३९ पैसा प्रतिशेयर आम्दानी कायम हुने देखिएपनि वित्तीय विवरणमा भने २ रुपैयाँ ४१ पैसा उल्लेख छ।परम्परागत वित्तीय विवरणमा  भने फाइनान्सले ८ करोड १७ लाख मुनाफा सहित प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९२ पैसा कायम गरेको उल्लेख छ।

फाइनान्सको कस्ट अफ फण्ड ९.७३ प्रतिशत, आधार ब्याजदर १५.४८, कर्जा पूँजी अनुपात ७६ प्रतिशत र पूँजीकोष अनुपात १७.१७ प्रतिशत रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।