स्वरोजगार लघुवित्तले घोषणा गर्यो गत आवको लाभांश

Aug 25, 2019 11:18 AM Merolagani



स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई  बोनस घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको भदौ ६ गते शुक्रबार सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

अघिल्लो आवको मुनाफाबाट लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ७ करोड २० लाख ९९ हजार ९०७ रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।