नागरिक लगानी कोषले बिहीबार बुकक्लोज गर्दै, बोनस पाउन बुधबारसम्म शेयरधनी हुन आवश्यक

Sep 04, 2019 10:31 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश लाभांश तथा साधारण सभा प्रयोजनका लागि भदौ १९ गते बिहीबार बुकक्लोज गर्दैछ। यसअनुसार कम्पनीको उक्त लाभांश प्राप्त गर्न बुधबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ।

जसअनुसार भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।

गत फागुन २८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत अर्थात १ करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

उक्त लाभांश अनुमोदनका लागि कोषले भदौ ३० गते सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौँमा चौबीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

हाल एक अर्ब १० करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको बोनस वितरण पश्चात एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।

  • कोषको पूँजी ३ अर्ब पुर्याइँदै

नागरिक लगानी कोषको पूँजी ३ अर्ब पुर्याइने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको नागरिक लगानी कोष, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमा कोषको अधिकृत पूँजी ८ अर्ब, जारी तथा चुक्ता पूँजी ३ अर्ब पुर्याउने उल्लेख छ। उक्त विधयेक राष्ट्रिय सभाबाट २०७५ चैत ४ गते पारित भैसकेको छ।

नागरिक लगानी कोष विधयेक प्रतिनिधि सभाबाट पारित भएपछि हाल ४० प्रतिशत स्वामित्व रहेको राष्ट्र बैंकको स्वामित्व हट्नेछ भने राष्ट्रिय बीमा संस्थानको पूँजी थपिने भएको छ। विधेयकमा उल्लेख भएको नयाँ पूँजी संरचना अनुसार संस्थानको पूँजी ३१.५ प्रतिशत शेयर हिस्सा हुनेछ भने सरकारकोे १० प्रतिशत समित्व बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ।

यस्तै नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।